बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बागलुङ नगरपालिकाको अबको बाटो

बागलुङ नगरपालिकाको अबको बाटो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८१, आइतबार

कृषिलाई उद्यम, कृषकलाई उद्यमी भन्ने अभियानका साथ नगर क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गर्दै सुन्तला, तरकारी, धान, लगायत कृषि तथा पशुपालन पकेट क्षेत्र कार्यक्रमलाई अनुसन्धान र सम्भावनाको आधारमा विस्तार गरी कृषिलाई रोजगारको रुपमा विस्तार गर्ने र कृषि उत्पादनबाट नगरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौं ।
–सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर समान रुपमा अघि बढाउने गरी सबै विद्यालयहरुमा क्रमशः सिंगल डेस्क बेञ्च सहितको बालमैत्री विद्यालय र पुस्तकालयहरुको स्तरोन्नती गरी डिजिटल पुस्तकालय र आवासीय सुविधा सहितको विग स्कुलको अवधारणलाई मूर्तता दिन गईरहेका छौं ।
–नेपाल सरकारले भू–उपयोग ऐनमार्फत जग्गाको वर्गिकरणको लागि ल्याएको नीति बमोजिम नगरक्षेत्रभित्रको जग्गालाई यथासंभव बैज्ञानिक ढंगले वर्गीकरणको आधार तथा मापदण्ड तयार पार्नको लागि वर्गीकरणको कार्य समयमै सम्पन्न गर्ने गरी अगाडि बढाएका छौं ।
–बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्य धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुलाई जोड्ने गरी बृहत कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गरी बागलुङ नगरपालिकालाई गण्डकी प्रदेशमा पोखरा पछिको दोश्रो ठूलो पर्यटन र पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरी कार्यक्रम तय गरेका छौं । बागलुङ नगरपालिका क्षेत्रभित्र रहेका कालिका भगवती मन्दिर, कालभैरव मन्दिर, पञ्चकोट, शालीग्राम संग्रहालय, मालिका भगवती मन्दिर, सिगाना कोट लगायतका मठमन्दिरको विकास र प्रवद्र्धन गरी धार्मिक पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास गर्ने गरी पर्यटन विकास विशेष कार्यक्रम संचालनको प्रक्रिया अगाडि बढाएका छौं ।
–बागलुङ प्रवेशद्धार मालढुंगादेखि बा.न.पा. ४ को जिरो कि.मी.सम्म चार लेनको सडक निर्माण, मालढुंगा पुलमा डिजिटल बोर्ड राख्ने, पुललाई शौन्दर्यकरण गर्ने, उपल्लाचौरदेखि कुंडुलेसम्म सडक बत्ति राख्ने लगायतको कार्य प्रारम्भ भैसकेको छ त्यसलाई छिट्टै निचोडमा पु¥याउने छौं ।
–एक वडा एक पूर्वाधार कार्यक्रममार्फत वडामा देखिने खालका योजना कार्यान्वयन गर्ने गरी डिपिआर शुरु गरी डिपिआर सहितका कार्यक्रम सम्बन्धित मन्त्रालयमा माग गरेका छौं । पक्की सडक संजाललाई वडाको केन्द्रसम्म पु¥याउने र एक वडा अर्को वडासंग सजिलै जोडिने गरी कालोपत्रे सडक निर्माणको अभियान अगाडि बढाएका छांै । हाम्रै कार्यकालमा उल्लेखित योजना सम्पन्न गर्ने गरी तयारी गरेका छौं ।
–नगरपालिकाका गौरवका योजनाअन्तर्गत बागलुङ बसपार्क संचालनको लागि उद्घाटनको मिति तोकेका छौं । यसै आ.व. भित्र बसपार्क संचालनको बाँकी प्रक्रिया पूरा गर्ने छांै ।
–स्वास्थ्यतर्फ, निर्माण सम्पन्न हुन बाँकी स्वास्थ्य चौकीको निर्माण सम्पन्न गर्ने, बलेवा नगर अस्पताललाई जनशक्ति सहितको सुविधा सम्पन्न नगर अस्पतालको रुपमा विकास गर्ने, प्रयोगशाला सेवालाई विस्तार गर्ने, जटिल प्रकृतिका प्रशुतिलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत सेवा दिने, महामारी रोग नियन्त्रण तथा प्रतिकार्य योजनाको तयारी गर्ने, पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम राख्ने जस्ता कार्यक्रम अगाडि बढाएका छौं ।
–हाल नगरबासीको समस्याको रुपमा रहेको एक्लेसाल, रामतोला पहिरोलगायत बोक्से गैह्रा पहिरो, छहरा धारा पहिरोे, भलायवोट पहिरो नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुमा उच्च प्राथमिकताको साथ पहल गरेका छांै ।
–हाल माईनडाँडामा रहेको कारागारलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी उक्त स्थानलाई ट्रेनिङ स्कुलको रुपमा विकास गर्ने र बागलुङ नगरपालिकाको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढाइरहेका छौं ।
–मुक्तिनाथलाई गन्तव्य बनाई पाल्नुहुने श्रद्धालु भक्तजनहरुको सहजताको लागि बागलुङदेखि बेनी सम्मको सडक स्तरोन्नतीको कार्य र ढोडेनी फोर्सेस्थित कालिगण्डकी नदीमा पक्की पुल निर्माणको लागि आवश्यक पहल गरेका छांै ।
–बजारलाई थप व्यवस्थित बनाउनको लागि शहरी शौन्दर्यताका कार्यक्रम संचालन गर्ने, आवश्यक मापदण्ड पूरा गर्न लगाई १० तलासम्म घर निर्माण गर्न ईजाजत दिने र बागलुङको पुरानो बजारलाई पुरातात्विक आकर्षण झल्कने गरी घर तथा संरचना निर्माण गर्ने गरी तयारी गरिरहेका छांै ।
–बाङ्गेचौर खेलमैदानलाई आधुनिक स्टेडियम सहितको खेलमैदानको रुपमा विकास गर्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएका छौं ।
–हाल नगरको समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनको कार्यलाई घरघरमा फोहरको वर्गीकरण गरी श्भचय ध्बकतभ को अवधारणाको पहल गरिरहेका छौं ।
–बा.न.पा. १३ कालाखोलामा रहेको औधोगिकग्राममा हाल भैरहेको नदि कटानको कार्यलाई रोकी नगरक्षेत्रका उद्योगहरु उक्त क्षेत्रमा संचालन हुने गरी अध्ययन अगाडि बढाएका छौं ।
–बजार क्षेत्रमा धेरै पहिलादेखि ठूलो समस्याको रुपमा रहेको बर्षातको भल व्यवस्थापनको कार्य र दिशाजन्य लेदो व्यवस्थापनको कार्यलाई विभागसँग समन्वय गरी डिपीआरको लागि टेन्डर प्रक्रिया अगाडि बढाइसकेका छांै ।
–नगरक्षेत्रभित्र रहेका विपन्न परिवारलाई लक्षित गरी उद्यम व्यवसायमा आवद्ध गर्ने गरी स्वरोजगार कार्यक्रम अगाडि बढाएका छौं ।
–नेपाल लगायत विदेशीमा रहेका नगरपालिकाहरु बीच भगिनी सम्बन्ध स्थापना गर्नको लागि पहल अगाडि बढाएका छांै ।
–नगरपालिकाको सेवालाई थप प्रभावकारी बनाउनको लागि संस्थागत सुशासनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएका छांै ।
नगरबासीका चाहना, नगरबासीबीच हामीले गरेका प्रतिवद्धता, नगरका समृद्घि र आदरणीय नगरबासीका हित एवम् सरोकारका विषयलाई पूरा गर्न दृढ संकल्प सहितको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । नगरबासीले नगरको विकास तथा समृद्धिको लागि विश्वासका साथ हामीलाई दिनु भएको अभिभारा पूरा गर्नमा नगरपालिकाको तर्फबाट यथासंम्भव प्रयास रहने प्रतिवद्धता पुनः व्यक्त गर्दै समुन्नत नगर निर्माणमा यहाँहरुको साथ सहयोग सदैव अपेक्षित रहेको व्यहोरा अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->