शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मादलको तालमा ताल मिलाउँदै ७६ वर्षिय राधा

मादलको तालमा ताल मिलाउँदै ७६ वर्षिय राधा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८१, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले महिला दिदीबहिनी लक्षित गरेर मादल बजाउने तालिम प्रदान गरेको छ । तालिम महिला लक्षित थियो । तर, वडाको तालिममा मादलको तालमा ताल मिलाउन ७६ वर्षिय वृद्धा आएपनि त्यसले थप उत्साह थपेको छ । सिकाइ सबैका लागि । सिक्नका लागि उमेर कहिल्यै बाधक बन्दै भन्ने कुराको प्रमाण बनेकी छिन ७६ वर्षिया राधा केसी । उमेर नेटो काटेपनि उनको जोश र जागरले भने भरखरै युवास्था लिएको छ । केसी भन्छिन्, ‘मादल सिक्न निकै रमाइलो लागेको छ । धेरै जोड लगाएरै बजाउन पर्छ भन्ने पनि छैन रहेछ । सिक्ने मन भएपछि हुँदो रहेछ ।’ उनले मादल बजाउन मात्र सिकेकी छैनन वडामै रहेका अन्य महिलाहरुसँग समेत चिनजान बढाएकी छन् । ‘प्रशिक्षणमा मादल बजाउन सँगै नयाँ दिदीबहिनीहरु संगपनि जानपहिचान भएको छ । वडाले यो राम्रो काम गरेको छ ।’
यस्तै राधिका भण्डारीले मादल बजाउने तालिमले अब रत्यौली, भजन तथा सांस्कृतिक तथा धार्मिक कार्यमा मादल बजाउने व्यक्ति खोज्दै हिड्न नपर्ने बताइन् । आफुहरुका लागि १५ दिने तालिम नौलो अनुभव रहेको उनको भनाई छ ।
वडा अध्यक्ष देवकृष्ण पराजुलीले महिला दिदी बहिनी लक्षित गरेर तालिम दिएको बताए । वडामा विभिन्न रितिरिवाजमा सहभागि हुँदा आमा समूहले मादल बजाउने व्यक्ति बाहिरबाट ल्याउने बाध्यताको अन्त्य अब हुने आशा वडाको रहेको बताए ।
तालिमको सुरुवातमा सहभागितामा कमी आउने त्रास भएतापनि उत्साहजनक सहभागिताले वडाको कार्यक्रम सफल भएको बताए । उनका अनुसार तालिममा १२ समूहले प्रशिक्षण लिएका छन् ।
वडा नम्बर ४ महिला सञ्जालका अध्यक्ष विष्णु कोइरालाले रत्यौली भजन लगायत कार्यक्रममा सहभागि हुँदा मादल बजाउने खोजेर ल्याउन पर्ने बाध्यताको अन्त्य हुने बताइन । सुरुमा कम उपस्थिति हुने अपेक्षा भएपनि सहभागितामा वृद्धि हुँदा सफलता हात पारेको उनी सुनाउछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->