बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा विश्वविद्यालयमा एकसय बेडको शिक्षण अस्पताल संचालनमा

पोखरा विश्वविद्यालयमा एकसय बेडको शिक्षण अस्पताल संचालनमा


  • लालप्रसाद शर्मा
  • जेष्ठ ७ २०८१, सोमबार

पोखरा/ पोखरा विश्वविद्यालयले आजदेखि एकसय शैय्याको शिक्षण अस्पताल संचालनमा ल्याएको छ । गत चैत २१ मा गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले विभिन्न शर्तसहित ६ महिनाकालागि पोखरा विश्वविद्यालय अस्पताल संचालन गर्न अनुमति दिएको थियो ।

अस्पतालको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ कामको सुरुवात भएको बताए । एकसय बेडलेमात्र अस्पताल वा विश्वविद्यालयको शोभा नहुने भन्दै उनले एमविविएस पढाइकालागि ३ सय बेड बनाउन आग्रह गर्दै यसका लागि आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । फिजियोथेरापी सेवा सुरु गर्न पनि उनले आग्रह गरे । ‘स्वास्थ्य सेवा, औषधी र संरचनामा कमी नगर्नुहोला’ उनले भने, ‘यो उत्कृष्ट अस्पताल हुने विश्वास छ ।’

विश्वविद्यालयले २०७९ भदौ २२ देखि ओपिडी सेवा सुरु गरेको थियो । अव भने पूर्ण क्षमतामा अस्पतालका सेवा सुरु गर्न लागिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । ‘अस्पतालमा अव ओपीडीसहित अन्य स्वास्थ्य सेवा उपलब्ध हुनेछ’ उनले भने ।
एकसय बेडसम्मको अस्पताल संचालनकालागि प्रदेश सरकारले अनुमति दिने व्यवस्था छ । त्यसमाथि भने संघीय सरकारको अनुमति चाहिन्छ । विश्वविद्यालयले ३ सय बेड क्षमताको अस्पताल संचालनको तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->