शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

एसओएस गण्डकीमा विद्यार्थीको सम्मानसहित वार्षिक पुरस्कार वितरण

एसओएस गण्डकीमा विद्यार्थीको सम्मानसहित वार्षिक पुरस्कार वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८१, शुक्रबार

पोखरा/एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दास थिइन् ।
समारोहमा शैक्षिक सत्र–२०८० मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका जम्मा ८६ विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाईप्रमुख अतिथि सीता सुन्दास, एसओएस बालग्रामका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।
उक्त समारोहमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवंगत मातापिताको स्मृतिमा स्थापित‘नगेन्द्रकुमारी–नारायण स्मृति पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा सर्वाेत्कृष्टता हासिल गर्नेएकजना विद्यार्थीलाई प्रदान गरिने पच्चीस हजार रुपैयाँको उक्त पुरस्कारबाटशैक्षिक सत्र–२०८० मा कक्षा ५ का प्रज्ञान बराल पुरस्कृत भएका छन् ।
त्यस्तै कक्षा ८ को महानगरस्तरीय आधारभूत शिक्षा परीक्षामा विद्यालयका तर्फबाट गत शैक्षिक सत्रमा ४ जिपिए ल्याउने विद्यार्थीत्रय प्रज्ज्वल क्षेत्री, सुरभ तिवारी र स्मारिका न्यौपानेलाई जनही पाँच हजार नगद पुरस्कारसहित सम्मान गरियो । एसओएस बालग्राम गण्डकीकी पूर्वआमा शारदा पराजुलीद्वारा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै विद्यालयका पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाटकक्षा २ मा अध्ययनरत कृषिका विकलाई विशेष शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->