पोखरा/ कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ ।
तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जनाए । ।
तालिममा नेफ्स्कुनका पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्ल·न गर्ने छुट कसैलाई नभएको बताए । कास्की वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीत भएर संस्था सञ्चालन गरेमा सहकारी समस्यामा नपर्ने उल्लेख गरे । कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिनाले बोलेका थिए ।





