पोखरा/मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवं ठगी कसूरमा संलग्न रही फरार रहेका २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व अध्यक्ष पोखरा महानगरपालिका वडा नं. २१ कृस्ती बस्ने वर्ष ३० का भरत भट्टराई र सोही स्थानका २८ वर्षीय गैरसदस्य सुवास अधिकारी छन ।
उनीहरुलाई शुक्रबार वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ कोत्रेबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । दुवैजनालाई आईतबार कसूर अभियोग बमोजिम सजायको लागि कास्की जिल्ला अदालत समक्ष पेश गरिएको छ ।





