सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जनाए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार नै आजका लागि नीति तथा कार्यक्रम पेश गर्ने समय तोक्दै प्रदेशसभालाई पत्र पठाएका थिए ।

मुख्यमन्त्रीले बहुमत जुटाउन नसक्ने र नीति तथा कार्यक्रम र बजेट अध्यादेशबाट ल्याउन लागेको आशंकाबीच सोमबार मुख्यमन्त्री पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएपछि आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->