पोखरा/एसइई परिक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले १५ दिने मोवाइल तथा इलेक्ट्रिकल्स सामग्री मर्मत तालिम प्रदान गरेको छ ।
व्यवहारिक शिक्षा र रोजगारमुखि सीप प्रवद्र्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) सँगको साझेदारीमा संचालित तालिममा २० जनाको सहभागिता रहेको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताए ।





