पोखरा/नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाएका छन् । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उनले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको जिकिर पनि गरे ।
मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उनको तर्क थियो ।
‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा ठान्छ आफूलाई,’ उनले भने, ‘मैले चस्मा खोलेर पनि हेरँे, लाएर पनि हेरँे, त्यो विषय कही पनि उल्लेख छैन । किन यस्तो पर्न गयो ?’
त्यति ठुलो कमजोरी कहाँबाट भयो त्यसको खोजी गरिनुपर्ने उनको भनाइ थियो ।
‘त्यस्तो बलण्डर कहाँबाट भयो ड्राफ्ट गर्नेले ग¥यो कि, प्रस्तुत गर्नेले ग¥यो कि के भयो यसको खोजीनीति हुनैपर्छ । मैले सामान्य रुपमा लिएको छैन । अति असाधारण रुपमा लिएको छु,’ उनले भने ।
अर्को प्रसंगमा अधिकारीले योजना बैंकसम्बन्धी विषय संसदमा लुकाइएको दावी पनि गरे । योजना बैं सम्बन्धी सरकारको धारणा के हो, कुनकुन योजना बैंकका नीति बने संसदले थाहा पाउनुपर्ने उनले बताए ।
‘योजना बैंक यो नीति तथा कार्यक्रम पास हुनुभन्दा पहिल्यै त्योसम्बन्धी नीतिको डकुमेन्ट यो प्रदेशसभा माग गर्दछ,’ उनले भने । गण्डकी प्रदेश सभामा जेठ २९ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारबाट सुरु भएको हो ।





