पोखरा/लेखनाथ उद्योग वाणिज्य संघले चालु आर्थिक वर्ष २०८१/०८२ देखि पाँच वर्षसम्मको रणनितिक कार्ययोजना तयार पारेको छ । संघले पाँच वर्षभित्र गर्ने योजना तयार पारी सोही अनुसार अगाडी बढ्ने लक्ष्यसहित पञ्चवर्षीय योजना तयार पारेको हो ।
दुई दिनसम्म तंनहुको बन्दिपुरमा आयोजना गरिएकोचौथो कार्ययोजना तर्जुमा कार्र्यशाला गोष्ठीले संघको पाँचवर्षीयरणनितिक कार्ययोजना तयार पारी साही अनुसार अगाडी वढ्ने योजना बनाएको हो ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्यमशिलता विकास र व्यवसाय प्रवद्र्धनमार्फत् राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने दृष्टिकोण त्यसै गरी आगामी पाँच वर्ष भित्रव्यावसायिक प्रवद्र्धन र सम्बद्र्धन गर्दै उद्यमशिलता विकासका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सुदृढीकरण गर्ने परिकल्पना तयार पारी सोे प्राप्तिका लागि आवश्यक लक्ष्य, उद्देश्य र रणनीतिक तयार पारेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, उपसमिति संयोजक, वस्तुगत संस्थाका अध्यक्ष एवं प्रतिनिधि र कर्मचारीको सहभागिता रहेको गोष्ठिमा पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य डा. होमनाथ गैरेले सहजीकरण गरेका थिए ।
संघका महासचिव जानुका अधिकारीले संचालन गरेको कार्यक्रममा संघका बरिष्ठ सल्लाहकार विश्वगोपाल श्रेष्ठ, डिलकुमारी दाहाल (सन्ध्या) र वस्तुगत संस्थाको तर्फबाट लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष प्रेमबहादुर थापाले कार्यक्रमको महत्व र उपलब्धीका बारे जानकारी गराएका थिए भने संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवादसहित तयार पारिएको योजना अनुसार नै संघका गतिविधीलाई अगाडी वढाउने विश्वास व्यक्त गरेका थिए ।





