बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा बिजयी

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा बिजयी


  • ढोरपाटन संवाददाता
  • असार १ २०८१, शुक्रबार

गुल्मी / नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा बिजयी भएका छन् । ३८४ मत ल्याएर काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एमालेका केन्द्रिय सदस्य तथा गुल्मी इन्चार्ज सूर्य थापाले बताए । निर्वाचनमा काउछाका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।

निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाए । ११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यसपटक उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

सचिवमा धर्म विश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाए । सहसचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत पर्‍यो ।

गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->