पोखरा/अमेरिकाको वासिङ्टन डीसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् ।
उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् ।
मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुविज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रविना पौडेल जान लागेका हुन् । उनीहरु अमेरिकी दूतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भइ छनोट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् ।
उनीहरुले त्यहाँ विज्ञान, गणित, इन्जिनियरिङ र टेक्नोलोजीका बारेमा नेतृत्वसम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्यय सुरक्षा, संस्कृतिका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्नेछन् ।
उनीहरुले २१ दिनसम्म अमेरिकामा रहेर अन्य देशका युवाहरुसँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउने छन् । उनीहरु अमेरिकन सरकारको व्यवस्थापनमा देशकै प्रतिनिधित्व गरेर सहभागी जनाउन लागेका हुन् ।
बिदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विद्यार्थीलाई पढाइ र सिकाई सँगसँगै भए छिटो सिक्ने सक्ने बताइन् ।
विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउँदै त्यसै अनुसार नै विद्यार्थीहरु छनोट भएको बताए ।





