बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम

लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम


  • ढोरपाटन संवाददाता
  • असार २ २०८१, शनिबार

पोखरा/नेवारी समुदायका महिला समूहको साझा संस्था नेवाः मिस पुच लेखनाथ इकाइसमितिले तिन दिने उद्घोषण तालिमको आयोजना गरेको छ ।
लेखनाथभित्र रहेका नौ वटा इकाइको प्रतिनिधित्व हुने गरी महिलाहरुका लागि सभा–सम्मेलन तथा विभिन्न कार्यक्रममा निर्धक्क रुपमा वोल्न कलाको विकास गराउने उद्धेश्यले राखिएको तालिममा ३६ जनाको सहभागिता रहेको थियो ।
वुधवार देखि सुरु भएको तालिमको शुक्रवारको समापन समारोहमा वोल्दै रुपा गाउपालिकाकी उपाध्यक्ष लालसुवा गुरुङले महिलाहरुले आफना कुरा स्पष्टसँग राख्न नसकिएकै कारण पछि परेकाले अब तालिमबाट सिकेका विषय वस्तुलाई ब्यवहारमा उतारेर महिला अधिकारलाई स्थापित गर्ने गरी आवाज उठाउन आग्रह गरेकी थिइन् ।
सोही अवसरमा कास्की मिसःपुचका अध्यक्ष संगिता वज्राचार्यले तालिम तालिकका लागि मात्र नभइ जीवनपयोगी बनाएर नेतृत्व लिने ठाउमा पुग्न अनुरोध गरेकी थिइन भने पोखरा महानगरपालिका वडा नं ३३ की वडासदस्य दुर्गा केसीले तालिम पछिको अभ्यासले जरुरी रहेको बताइक्ष्न् ।
नेवाः मिस पुच लेखनाथकी अध्यक्ष मिनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे,मिस पुच कास्कीकी निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ,नेवाःखल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ,सस्थापक अध्यक्ष प्रेम लिगल,गणेश नेवाः खल गगनगौडाका अध्यक्ष जयराम श्रेष्ठलगायतले भाषा र सस्कृतिको रक्षाका लागि पनि तालिम फलदायी हुने विश्वास व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->