पेखरा/पोखरा ९, पृथ्वीचोकमा रहेको सहारा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।
गण्डकीका नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापालाई स्वागत गर्ने क्रममा विद्यालयमा अध्ययनरत २७० बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।
याक यती याक, बाथ युकेका सञ्चालक तथा समाजसेवी शेरा गुरुङको आर्थिक सहयोगमा विद्यालयमा ट्रयाकसुट र टिसर्ट वितरण गर्न सफल भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले जानकारी गराए
मन्त्री विन्दु कुमार थापाले विद्यालयको बारेमा चिन्ता र चासो व्यक्त गर्दै भविष्यमा पोखरा बसपार्क निर्माणले मूर्तरुप लिँदा विद्यालयलाई अन्यत्र स्थानन्तरण गर्ने पर्ने अवस्था आएमा सवैले साथ र सहयोग राख्नुपर्ने बताए ।
विद्यालयका प्राचार्य लोचना अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा पृथ्वीचोक वसपार्क टोल विकास समितिका अध्यक्ष केशवबहादुर थापा, शितलादेवी सामुदायीक मावि पोखरा–१२,का विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीबहादुर कार्की, पोखरा महानगरपालिका वडा नं –९, का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले नवनियुक्त मन्त्री लाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्तब्य राखेका थिए ।
सोहि अवसरमा विद्यालयका संस्थापक समाजसेवी गोपाल गुरुङलाई दोसल्ला ओडाई कदरपत्रसहित सम्मान गरिएको थियो । उक्त अवसरमा अतिथि सहारा युकेका सल्लाहकार, भोज गरुङले विद्यालयका लागी सहयोग स्वरूप १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए , सोहिक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले सहारा विद्यालयमा अध्ययनरत ४५जाना विद्यार्थीहरुलाई प्रदान गर्ने विद्यालय पोशाक कार्यक्रमको पनि प्रमुख अतिथिको हातवाट वितरण गरि शुभारम्भ गरेका थिए ।





