बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीको बजेटमा राप्रपाको छाँया

गण्डकीको बजेटमा राप्रपाको छाँया


  • ढोरपाटन संवाददाता
  • असार २ २०८१, शनिबार

पोखरा/गण्डकी सरकारले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा एकता दिवस मनाउने घोषणा गरेको छ । यस्तै गण्डकी सरकारले पोखरामा पृथ्वीनारायण शाहको शालिक निर्माणको घोषणा पनि गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले राप्रपालाई रिझाउनकै लागि बजेटमार्फत् यो घोषणा भएको हो । नीति तथा कार्यक्रममा यो विषय समावेश थिएन । र, यो बजेटमा उल्लेख गर्नुपर्ने विषय पनि हैन । तर, आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङको बजेट वक्तब्यमा यो विषयले एकाएक प्रवेश पायो ।
दुई सांसद रहेको राप्रपाको समर्थन बिना गण्डकीमा पाण्डे नेतृत्वको सरकार सम्भव थिएन । मन्त्री पद अस्वीकार गर्दै सरकारलाई सघाएको राप्रपालाई खुसी बनाउनु अहिलेका मुख्यमन्त्रीको बाध्यता हो र बजेटमा अपनत्व खोज्नु सरकारलाई समर्थन गरेको दलको अधिकार पनि हो । त्यही कारण आर्थिक मामिलामन्त्री डा. गुरुङले शनिबार बजेट वक्तब्यमार्फत् एकता दिवस र पोखरामा पृथ्वीनारायणको शालिक बनाउने घोषणा गरेका हुन् । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको शालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक शालिक स्थापनाको जमर्को गर्दै आइरहेको थियो । अहिले त्यहाँ नेपालका प्रथम शहीद लखन थापाको शालिक छ । तर, विरोधका कारण त्यो अभियान सफल भएको छैन । अर्थमन्त्री गुरुङले शालिक स्थापना गर्ने भने पनि त्यो कहाँ भन्ने चाहिँ प्रष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->