बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

९ वर्षीय बालक मृत भेटिए

९ वर्षीय बालक मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बिकको ९ वर्षीय छोरा गणेश मृत फेला परेका छन । गणेशको शव बरपौवा नजिकैको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानीभित्रबाट उद्धार गरिएको हो ।

शनिवार अपारन्ह ५ बजे उक्त खाल्डोको पानीमा गणेशको चप्पल तैरिरहेको देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खवर गरे पश्चात कालिका गणबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोली परिचालन भई आइतबार बिहान गणेशको शव खाल्डोको अन्दाजी २० फिट गहिराईबाट उद्धार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->