पोखरा/कास्कीका स्थानीय तहहरुले हिंसा पीडितका लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने भएका छन् । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले लैंगिक हिंसा प्रभावितहरुको लागि छुट्टै बजेटको व्यवस्थापन गर्ने, अल्पकालीन आवास एवं पुनस्र्थापना केन्द्रको स्थापना गर्ने निर्णय गरेको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा ३३ भरतपोखरीको आमाचौरमा प्रदेश सरकारको लगानीमा पुनस्र्थापना केन्द्र स्थापनान भए पनि संचालनमा आउन नसकेको उनले बताए ।
कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले स्थानीय तह र एकद्वार संकट व्यवस्थापन केन्द्रबीच समन्वय र सहकार्यलाइ थप बलियो बनाउनुपर्ने बताए । माछापुच्छ्रे गाउपालिकाका उप –प्रमुख सीता अधिकारीले लैगिक हिंसा व्यवस्थापनमा पालिकाले प्रतिवद्धताका साथ काम गरेको जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. भरत खत्री ,अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन सजना ढुंगाना,पालिकाका उप प्रमुखहरूसहितले आ– आफ्नो धारणा व्यक्त गरेका थिए ।





