बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा संचालित गौशालालाई माछापुच्छ्रे बैंकको १० लाख

पोखरामा संचालित गौशालालाई माछापुच्छ्रे बैंकको १० लाख


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

पोखरा/पोखरा १४, बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले .१० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको हो ।
राष्ट्रिय परोपकार महासंघले संचालनमा ल्याएको सो धामले केही समययता सडकमा छाडिएका छाडा चौपायको पालन तथा व्यवस्थापन गर्दै आइरहेको छ । सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गर्ने कार्य सह्रानीय भएकाले बैंकले सहयोग गरेको निर्देशक रोशन केसीको भनाइ छ ।
गौशालालाई सहयोग उपलब्ध गर्न पाउनु गर्वको विषय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । पूर्वसांसद,उद्योगपति तथा समाजसेवी स्वर्गीय सूर्यबहादुर केसीको सक्रियतामा पोखरामै माछापुच्छे« बैंकको स्थापना भएको हो ।
सहयोग ग्रहण गर्दै राष्ट्रिय परोपकार महासंघका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार पण्डित कमलनयन गौतमले गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्घोष गरे ।
हाल गौशालामा २५० बढी गाईहरू संरक्षित छन् । गौशाला पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित छ । दूध खाइञ्जेल पाल्ने दूध दिन छाडेपछि गाईलाई सडकमा छाड्ने प्रवृत्तिका कारण महानगर क्षेत्रका सडकमा छाडा पशुचौपाय आइपुग्छन् । महानगरले पटक–पटक पशुचौपायलाई सडकमा नछोड्न आग्रह गरे पनि त्यसको व्यवास्ता हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->