बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

पोखरा/गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ ।
‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ क्रियाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिँदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिएन । उनले अनुसार तालिममा मादी गाउँपालिकाअन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए ।
तालिममा डा. रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी, सरस्वती गौतम र तारानाथ पहारीले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादी गाउँपालिकामा गाउँ पर्यटनका धेरै सम्भावना भएको उल्लेख गर्दै यसलाई उजागर गर्नुं अपरिहार्य भएको बताए । गाउँले गाइड तालिमसँगै यहाँको गाउँ पर्यटनको व्यावसायिक विकास हुने उहाँले विश्वास व्यक्त गरे ।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हुमनाथ अधिकारी, भिटोफ गण्डकीका सल्लाहकार एवम् प्रशिक्षक टीकाराम सापकोटा, भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष उदय सुवेदी, भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष रमेश न्यौपाने, द्वितीय उपाध्यक्ष सुशीला भण्डारी, सचिव लक्ष्मण पहारी, मादी गाउँपालिका होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर गुरुङ, प्रशिक्षार्थीहरू केशब अधिकारी र चोकबहादुर गुरुङलगायतले बोलका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->