बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भूकम्पप्रभवित जिल्लामा डकर्मी र हाउस वायरिङ तालिम

भूकम्पप्रभवित जिल्लामा डकर्मी र हाउस वायरिङ तालिम


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

पोखरा/ पोखरास्थित असल छिमेकी नेपालले भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिमा डकर्मी र हाउस वायरिङको निशुल्क तालिम सम्पन्न गरेको छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण सीप बिकास तालिम कार्यक्रम तेस्रो चरण अन्तर्गत दुवै नगरपालिकाका ८० जनालाई डकर्मी र ६० जनालाई हाउस वायरिङको तालिम दिइएको हो ।

पोखरामा भएको तालिम समापन कार्यक्रममा पोखरेली खीष्ट्रिय समुदायका महासचिव तथा कार्यक्रमका प्रमुख अतिथी सन्जिव थापाले तालिममा सिकेको सीपको प्रयोगको लागि प्रोत्साहन दिए । तालिमको परियोजना प्रमुख सुमन वयलकोटीका अनुसार तालिमका सहभागिहरुलाई प्रमाणपत्र सहित तालिमसंग सम्बन्धित सामाग्रीहरु पनि हस्तातरण गरिएको थियो ।

असल छिमेकी नेपाल कार्यकारिणी समितिका सल्लाहाकार रामबहादुर रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न तालिम प्रदायक संस्थाका प्रमुखहरु तथा असल छिमेकीका कार्यकारी निर्देशक तथा संस्थाका विभागिय प्रमुखहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै कविता विकले हाउस वायरिङ तालिममा पाएको सीपले आत्मनिर्भर बन्नको लागि सहयोग गर्ने तथा टोल समाजमा पहिचान निर्माण हुने हुँदा तालिम उपलब्ध गराउने असल छिमेकी नेपाल प्रति आभार ब्यक्त गरिन । तालिम प्रदायक संस्था गण्डकी ट्रेनिङ सेन्टरका व्यवस्थापक केशब चापागाईले सहभागिहरु तलिम अबधीभर अनुशासित तथा मिहेनती भएको हुदा तालिम व्यवस्थापनमा सहज भएको जनाए । असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले तालिमका सहभागिहरु, तालिम प्रदायक संस्थाहरु, सरोकारवाला निकायहरु तथा परियोजना कार्यन्वयन समूहलाई धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->