बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिकास र वातारणबिच समन्वय बैठक

बिकास र वातारणबिच समन्वय बैठक


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

पोखरा/ डिभिजन वन कार्यालय कास्कीले बिकास र बाताबरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्दै बिकास र बाताबरण क्षेत्रको उचित समन्वय बिना सन्तुलित बिकासको अबधारणा संभावना नहुने र सन्तुलित बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताए ।

पौडेलले बिकासका नाममा हुने वन र बाताबरण क्षेत्रको बिनासले गम्भीर समस्यातर्फ मानव सहित सम्पूर्ण जीवजन्तु उन्मुख हुनुपरेको तर्फ इङ्गित गर्दै संरक्षण मैत्री उपभोग नितिमा केन्द्रीत हुन पालिकालाइ आग्रह गरे । बाताबरणिय प्रभाब मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गरेर बिकासका गतिबिधि अगाडि बढाउनुपर्ने पौडेलको भनाइ थियो ।

कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बिकास र बाताबरणको बिचमा देखिएका असन्तुलित बिकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको उल्लेख गरे । कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्लेले बाताबरण मैत्री सन्तुलित बिकासका लागि स्थानिय तहको भुमिका बिषयमा चर्चा गरेका थिए । मानबिय क्रियाकलापका कारण हाबापानीसहित इकोसिस्टम, बायुमण्डलिय उष्णता बढ्न पुगी जैबिक बिबिधतामा प्रतिकुल असर पारेको उल्लेख गर्दै पालिकाहरूको बाताबरण संरक्षणका निम्ति चाल्नुपर्ने कदमको बारेमा प्रकाश पारे । सन् २०४५ सम्म नेपालले कार्बनमुक्त देश निर्माणको नीति लिएको भन्दै त्यसको लागि स्थानिय पालिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा जिसस कास्कीका उपप्रमुख सरिता माल, डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतम, कास्कीका विभिन्न पालिकाहरूका अध्यक्ष, जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू सहित बिकास वन र बाताबरण क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिभिजन बन अधिकृत राजेन्द्रप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->