बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजेटमा हिसाब नमिलेको भन्दै जवाफ मागेपछि प्रदेशसभा बैठक स्थगीत

बजेटमा हिसाब नमिलेको भन्दै जवाफ मागेपछि प्रदेशसभा बैठक स्थगीत


  • लालप्रसाद शर्मा
  • असार ७ २०८१, बिहिबार

पोखरा/ प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको बजेटमा केही हिसावकिताव नमिलेको भन्दै प्रमुख प्रतिपक्षी एमाले सांसद लिलबहादुर थापाले जवाफ माग गरेपछि प्रदेश सभाको बैठक केही समयका लागि स्थगीत भएको छ । आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि आजदेखि प्रदेश सभामा छलफल सुरु भएको हो ।

छलफलमा भाग लिदै एमाले संसदीय दलका उपनेता लिलबहादुर थापामगरले अर्थ मन्त्रीले सार्वजनिक गरेको ३२ अर्ब ९७ करोड, ८५ लाख ७५ हजार बजेटको स्रोतमा ९६ करोड १९ लाख ७५ हजार रुपैयाँ अपुग भएको जनाए । साथै चालु आर्थिक वर्षमा मन्त्रालयगत प्रगति विवरणमा बैशाख मसान्तसम्म खर्च भएको रकम फरक फरक तथ्यांक अर्थात ७ करोड ८२ लाख ५७ हजार फरक परेको उनले बताए ।

चालु तर्फको मौज्दात रकम पनि फरक परेको र नेपाल सरकारले प्रदेशलाई दिएको अनुदान रकममा जोडघटाउन नमिलेको जस्ता उनले आरोप लगाए । कृषिलगायत प्राथमिकताका क्षेत्रलाई पनि बजेट कम परेको उनले जनाए । ‘हिसाव किसाव जस्ताको तस्तै प्रस्तुत नहुन्जेल यो संसद चल्न सक्दैन । अव नैतिकताको संकटमा सरकार र अर्थमन्त्री देखिनु भयो’ उनले भने, त्यसकारण गम्भिर ध्यानाकर्षण गराउँदै हिसाव किताम नमिलीसम्म संसद अघि बढ्न सक्दैन ।’ उनले भिटोको रुपमा प्रस्ताव प्रस्तुत गरेको भन्दै हिसावकिताव नमिलेसम्म संसद अघि बढ्न नसक्ने बताए ।

लगत्तै एमाले प्रमुख सचेतक गोविन्द नेपालीले बजेटजस्तो संवेदनशील विषयमा छलफल सुरु भएको भन्दै थापामगरले भनेको विषयप्रति सभामुखमार्फत सरकारको धारणा माग गरे । सभामुख कृष्णप्रसाद धितालले सरकारको तयारी के छ भनेर अर्थमन्त्रीलाई सोधेका तर कुनै जवाफ नआएपछि १० मिनेटका लागि बैठक स्थगीग गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->