बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कल तथा एसएमएस अलर्ट दिने पल्सर एन १५० पोखरा बजारमा

कल तथा एसएमएस अलर्ट दिने पल्सर एन १५० पोखरा बजारमा


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार

पोखरा / मोटरसाइकल पारखीहरुलाई समयअनुसार विभिन्न फिचर्सहरु भएको रुचाउँछन् । नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल मध्ये बजाजको पल्सर पनि हो । सोही पल्सरले आम मोटरसाइकल प्रेमीका लागि नयाँ फिचरसहित ‘बजाज पल्सर एन १५०’ लिएर आएको छ । विशेषगरी ब्लुटुथ कनेक्टिभिटीसहित कल र एसएमएस अलर्ट सहितको फिचर बोकेर एन १५० पोखरा बजारमा समेत आएको हो ।

बजाज मोटरसाइकलको लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता इच्छा शक्ति अटोमोबाइल्स प्रालिले पल्सर एन १५० मोटरसाइकल सार्वजानिक गरेको छ । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ ।

प्रालिका सिनियर म्यानेजर भगवान बिजुक्छेले पल्सर एन १५० मा रहेको आकर्षक फिचर भनको ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट रहेको जानकारी दिए । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ । त्यसैगरि यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने बिजुक्छेले बताए । बजाज प्रेमीहरुका लागि उपहार स्वरुप नयाँ मोटरसाइकल लन्च गरेको उनको भनाइ छ ।

‘नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँ मापदण्ड सेट गर्दै आइएको छ । ७० भन्दा बढी देशहरुमा पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको छ । फेरि पनि यही सिलसिलालाई कायम राख्दै हामीले पल्सर एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएका छौं’ उनले भने ।

पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लीक डिजाइनको उपलब्ध हुनेछ । यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ । शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस पनि समावेश गरिएको छ ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस पनि समावेश गरिएको छ ।

बजाज एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै याडभान्सड् फिचरहरू छन् । यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि उपलब्ध छ । साथै यस बाइकमा “क्याट“ नोटीफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध हुन्छ । त्यसैगरि बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छ ।

मात्र १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछ । यसमा रहेको १४ लिटरको फिउल ट्याङ्गीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट पनि छुटकारा दिनेछ । बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छ । नेपाली बजारमा पल्सर एन १५० को मुल्य तीन लाख ५९ हजार नौ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->