पोखरा/ गण्डकी प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको कारबाहीबाट पदमुक्त फडिन्द्र देवकोटाले कारबाही कार्यान्वयन नगर्न भन्दै बिहीवार सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन ।
प्रदेशको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री समेत रहेका देवकोटाले आफू माथीको कारबाही कानुन बिपरित रहेको भन्दै रिट दिएका हुन । रिटमा आफ्नो सांसद पदमुक्तको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ । रिटमा सभामुख कृष्णप्रसाद धितल , प्रदेश सभा सचिवालय, माओवादीको केन्द्र, प्रदेश कार्यलय, प्रदेश समिती, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्बाचन आयोगलाइ विपक्षी बनाइएको छ ।
साथै उनले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन गर्न नगराउन भनी अन्तरिम आदेशको माग गरिएको छ । यसै गरि सांसदको हैसियतमा पूर्ववत काम्काज गर्न कुनै अवरोध नगर्न भनी अन्तरिम आदेश जारी गर्न समेत माग रिटमा छ ।
माओवादी केन्द्रको व्हीप उल्लंघन गर्दै देवकोटाले जेठ २८ मा मुख्यमन्त्री सुरेन्द्रराज पान्डेलाइ बिश्वासको मत दिएपछी कारबाहीमा परेका थिय । माओवादीको चुनाब चिन्हबाट सांसद बनेका देवकोटाले आफू नेपाल समाजबादीको सांसद रहेको बताउदै आएका थिय ।





