बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राइफल, गोली र छर्रा बनाउने धातुसहित एक पक्राउ

राइफल, गोली र छर्रा बनाउने धातुसहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार

पोखरा/कास्की प्रहरीले अवैध रुपमा लुकाइ राखेको राइफलसहित एक जनालाई पक्राउ गरेको छ । कास्की माछापुच्छ्े गाउँपालिका ७ घर भई पोखरा २५ सापकोटा चोक बस्दै आएका जित बहादुरलाई पक्राउ गरेको हो ।
५३ वर्षिय जितबहादुरले घरको कोठाभित्र हतियार लुकाइ छिपाई राखेका थिए । प्रहरीले उनको साथबाट कोब्रा मोड–३५ राइफल नाल १, गोली ४ राउन्ड, स्पेशल ०५ एमएम ३० ग्रामको प्रयोग नगरिएको ३४ राउन्ड, शक्तिमान एक्सप्रेस हाई भेलोसिटी ७० एमएम प्रयोग नभएको १६ थान, ४ थाना सानो राउन्ड बरामद भएको छ ।
यस्तै छर्रा बनाउन प्रयोग गरिने सिलिन्डर आकारको वस्तु एक सय ४२ थान, छर्रा बनाउन प्रयोग गरिने गोलाकारको वस्तु २९० ग्राम, बारुद ११४ ग्राम, एयर राइफल पिलेट्स ७ प्याकेट बरामद गरिएको हो । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्धा दर्ता गराई अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->