बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेकपा एसले गण्डकीबाट छान्यो ७५ जना महाधिवेशन प्रतिनिधी

नेकपा एसले गण्डकीबाट छान्यो ७५ जना महाधिवेशन प्रतिनिधी


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८१, शुक्रबार

पोखरा / नेकपा एकीकृत समाजवादीले पार्टीको १० औँ महाधिवेशनका लागि कास्की जिल्लाबाट २१ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । असार १६ देखि २० सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कास्कीबाट २१ जना प्रतिनिधी छनौट भएका हुन् । एक हजार आठ सय बढी प्रतिनिधि सहभागी छनौट भएका हुन् ।

कास्कीका ३ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट २० जना र मजदुर फाँटबाट १ जना गरी २१ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन नेकपा एस कास्कीले जनाएको छ । निर्वाचन क्षेत्र नं. १ वाट खुल्ला ६ जना, महिला २ जना र उत्पीडित क्षेत्रबाट १ गरी ९ जना छनौट भएका छन् । क्षेत्र नं. २ वाट खुल्ला ४, महिला २ र उत्पीडित १ गरी ७ जना र क्षेत्र नं. ३ बाट खुल्ला ३ जना र महिला १ गरी ४ जना तथा मजदुर क्षेत्रबाट १ जना गरी २१ जना प्रतिनिधि चयन भएका हुन् ।

निर्वाचन क्षेत्र नं. १ बाट खुल्लामा पूर्ण लामा, डिवी राई, कपिल पौडेल, मधुसूदन देवकोटा, नारायण बजगाईँ र राजन पौडेल, महिलामा के पौडेल, दिलमाया गुरुङ र दलितबाट जित बहादुर सुनार प्रतिनिधि चयन भएका छन् ।

निर्वाचन क्षेत्र नं. २ वाट खुल्लामा खड्ग हमाल, मुक्ति पौडेल, झपिन्द्रराज रेग्मी र नवराज सुवेदी, महिलामा शर्मिला पौडेल, दान कुमारी बराल र दलितबाट टङ्क विश्वकर्मा प्रतिनिधिमा चयन भएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ वाट खुल्लामा प्रेम प्रसाद पौडेल, नवराज पाहारी, ई. दीपेन्द्र बास्तोला र महिलामा गरिमा पोखरेल चयन भएका छन् । मजदुर क्षेत्रबाट हरिराम धिताल प्रतिनिधी चयन भएका छन् ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन पार्टीका गण्डकीका इन्चार्ज तुल बहादुर गुरुङ, पोलिटब्युरो सदस्य एवं गण्डकीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृष्ण नेपाली लगायतले सहजीकरण गरेका हुन् ।

महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू स्वतः प्रतिनिधि हुने भएकाले कास्कीबाट स्थायी कमिटी सदस्यहरू तुल बहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, केन्दिय सदस्यहरू धनराज आचार्य, कृष्ण नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ तथा केन्द्रीय निकायका विजयबाबु वनवासी र मदन काजी श्रेष्ठ समेत ९ जना गरी कास्कीबाट ३० जनाले महाधिवेशनमा भाग लिने एसले जनाएको छ ।

पार्टीका गण्डकी प्रदेश अध्यक्ष बरालका अनुसार प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिहरू छनौट भएका छन् । पार्टीले ५ असारमा एकैदिन मुलुकभरबाट एकै दिन प्रतिनिधि चयन गर्ने कार्यतालिका बनाएको थियो । सोही अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको अध्यक्ष बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->