पोखरा/ गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको शनिवार उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘भाषामा व्याकरण विद्हरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्छ । प्रदेश, संघ र स्थानीय सरकार जनप्रतिनिधिसंग जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले कामवाटै उनीहरुको आक्रोसको जवाफ दिने गरेको छु ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरीसकेको भन्दै समयमै निवार्चन गर्नु पर्ने बताए । सरकारको कार्यक्रम योजनाहरु समयमै सम्पन्न गर्ने गरी लाग्नु पर्ने उनको जोड थियो । पत्रकार महासंघक कास्कीका सचिव माधव वरालले भाषा शैली सम्वन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए ।
उत्कृष्ठ फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गरिने
प्रेस कलव गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभीन्न क्षेत्रमा सामुहिक वहस मुलक कार्यक्रम देखि पर्यटकीय क्षेत्रहको प्रचार प्रसार गर्न कार्यक्रमहरु संचालन गर्दे आईरहेको बताए । उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजीक क्षेत्रमा उत्कृष्ठ रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजार सहित सम्मान गर्ने बताए । आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत संचालन गर्ने क्लबको योजना रहेको बताए ।
तालिममा पोखराका क्रियाशिल नयाँ तथा पुराना पत्रकाहरुको सहभागीता रहेको थियो । पत्रकारितामा फिचर लेखन र भाषा शैली वारे अग्रज पत्रकार केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरु मध्ये उत्कृष्ठ फिचर लेख्ने एक पत्रकारलाइृ आगामी साता नगद १० हजार सहित सम्मान गरीने क्लबका सचिव गौरव त्रिपाठी जानकारी दिए । कार्यक्रममा क्लवका उपाध्यक्ष राजाराम पौडेल, कोषाध्यक्ष राजु गिरी लगायतले बोलेका थिए ।





