पोखरा/ महिला पर्यटन व्यवसायी मंचको आयोजना तथा जिल्ला प्रहरी कार्याालय कास्कीको सहकार्यमा कास्की कारागारमा रहेका महिला बन्दीहरुलाई शनिवार आवस्यक सामाग्री वितरण गरिएको छ ।
मंच कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षता, सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना पराजुलीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माको विशेष आतिथ्यतामा उक्त संस्थाकी सदस्य शुसिला भण्डारीको संयोजकत्वमा अति आवश्यक सामाग्रीहरु संकलन गरी कारागारमा रहेका महिला बन्दीहरुलाई सेनेटरी प्याड १२०० थान, म्याट्रेक्स १ रोल र युरो गार्ड १ थान हस्तान्तरण गरिएको हो ।





