पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । महानगरले नीति तथा कार्यक्रम सार्वजानिक गर्दै हल्लनचोकदेखी विन्ध्यवासिनीसम्मको क्षेत्रमा वैकल्पिक यातायातको व्यवस्था गरि पैदलीकरण गर्ने योजना अघि सारेको छ ।
मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम सार्वजानिक गर्दै भने, ‘फेवाताल जाने सडकको सहिद चोक देखि हल्लन चोक सडक खण्डमा र सिद्धार्थचोक देखि विन्ध्यवासिनी सम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलिकरण लागू गरिनेछ ।’
पोखराको पर्यटकीय उपजको पार्श्वचित्र (टुरिजम प्रोडक्ट प्रोफाइल) निर्माण तथा प्रवर्द्धन गरि प्रमुख पर्यटकीय गन्तव्यहरूको ‘गन्तव्य प्रोफाइल तयार गरिनेछ ।
वडा नं १ स्थित सीमपानीमा कालिगंगा तथा सेती गङ्गाको जलसिंचित शालिग्राम सहितको“मुक्तीक्षेत्र प्रवेशद्वार” निर्माण तथा फेवातालको उत्तर पश्चिमी खण्डमा बायो–इन्जिनियरिङ अध्ययनको आधारमा मडड्याम निर्माण गरि हर्पनखोला र फेवातालको सङ्गममा फेवाबिच निर्माण गरिनेछ । यस्तै रन्तमन्दिर क्षेत्रलाई प्यालेस म्युजियमको रुपमा समेत विकास गरिने भएको छ ।





