बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्मचारीको मर्यादाक्रम अनुसार तलब निर्धारण गर्न परमादेश

कर्मचारीको मर्यादाक्रम अनुसार तलब निर्धारण गर्न परमादेश

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न आदेश भएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८१, सोमबार

काठमाडौं / सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

१६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा रिट हालेका थिए ।

सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न आदेश भएको हो । आदेशको लिखित रुप भने तयार भइनसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->