बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सांसदले गराए विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

सांसदले गराए विभिन्न विषयमा सरकारको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको शुन्य समयमा सांसदहरुले समसायमिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । कांग्रेसका डिल्लीराम सुवेदीले गण्डकी सरकारको नीति तथा कार्यक्रममा गिग अर्थतन्त्रसंग सम्बन्धित विषयमा कानुनी व्यवस्था गर्ने भन्दै कार्यक्रम राखिएको बताए । यसले अनौपचारिक अर्थतन्त्रमा क्रियाशील कामदार, विभिन्न पेशा, व्यवसाय, स्वरोजगारमा संलग्न भएकालाई आबद्ध गर्छ । संसारभर यस्तो अनौपचारिक अर्थतन्त्रमा क्रियाशिल हिस्सा १२ प्रतिशत ओगटेको छ । तर यही विषयसंग सम्बन्धित राइड शेयरिङमा संलग्न चालकलाई पोखरामा प्रहरीले पक्राउ परेको भन्दै यो अमिल्दो रहेको उनले बताए । साथै यसबारे सत्यतथ्य जानकारी गराउन पनि उनले माग गरे ।

एमालेकी निर्मला थापाले स्याङजाको गल्याङ नगरपालिका–५ हुक्टुङ, रुपाखानी, नेवारडाँडाका विद्यार्थी पुल नहुँदा आँधिखोला तरेर कालीगण्डकी गाउँपालिका–७ का स्कुलमा पुग्नुपर्ने अवस्था रहकोले उक्त स्थानमा झोलुंगे पुलको माग गरिन । एमालेकै भक्त कुँवरले अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका– ३ वारीवेनीमा गएराती आएको बाढी एक घरमा पसेको र अन्य ३ घर प्रभावित भएकाले आवस्यक क्षतिपूर्तिसहित उचित व्यवस्थापन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराए । एमालेकै मित्रलाल बस्यालले पर्वतको सेतीवेनी शिला शालीग्राम र महाशिलाका संरचना संरक्षणको माग गरे । एमालेकै राजकुमारी भुजेलले पोखराका मुख्य चोकमा असहाय, अपांग व्यक्ति कचौरा लिएर बस्ने गरकाले उनीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने बताइन । एमालेकै सीताकुमारी सुन्दासले सिद्धार्थ राजमार्गको भालुपहाडलगायत स्थान जोखिमपूर्ण रहेको भन्दै समाधान गर्न पर्ने बताईन । साथै स्याङजाका कोल्डस्टोरमा राखिएका सुन्तला बिग्रिएकाले क्षतिपूर्ति दिन पनि सरकारको ध्यानाकर्षण गराइन । एमालेकै श्यामराजा महतले तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नान्सीकोटस्थित सुन्तला पकेट क्षेत्रमा पहिरो गएकाले रोकथामका लागि सहयोग मागे । उनले कसैलाई पक्षपात गर्न नहुने सरकारलाई सुझाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->