बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा एसएमी एक्सपो हुने

पोखरामा एसएमी एक्सपो हुने


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार

पोखरा/पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो (औद्योगिक मेला) गर्ने भएको छ ।
असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गर्न लागिएको हो ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ ।
५० बढी स्टल राखिने र उक्त स्टल निशुल्क उपलब्ध गराउने व्यवस्था महासंघले मिलाएको छ । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामग्री, पशुपंक्षी, फ्लोरिकल्चरलगायतका सेवा र बस्तु स्टलमा हुनेछन् ।
पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गर्न लागिएको हो । देश विदेशबाट सांस्कृतिक नृत्य, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुतिसमेत रहनेछ ।
तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि सांस्कृतिक प्रस्तुति दिने पराजुलीले बताए । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->