बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीमा पहिरो : दुुइ बालबालिकाको मृत्यु, एक महिला घाइते

कास्कीमा पहिरो : दुुइ बालबालिकाको मृत्यु, एक महिला घाइते


  • विजय नेपाली
  • असार १३ २०८१, बुधबार

पोखरा / रातीदेखी परेको अविरल वर्षाको कारण पहिरो जाँदा कास्कीमा दुुई जनाको बालबालिकाले ज्यान गुुमाएका छन् । कास्कीको छुट्टा छुट्टै स्थानमा पहिरोले घरमा क्षती पु¥याउँदा दुुइ जनाको मृत्यु भएको हो ।

राती २ बजेर १५ मिनेटको समयमा कास्कीको मादी गाउँपालिका ५ चितेपानी घुम्तीमा ब्लक र टिनले बनेको ३ कोठे घरकमो पछाडी पट्टिरहेको माटोको ढिस्को खस्दा १३ वर्षिय आयुस्मा रानाभाटको मृत्यु भएको हो ।

उनी आफ्नी हजुरआमा सँगै सुतेकी थिइन् । ७० वर्षिय हजुरआमा बन्जारी रानाभाटको भने सकुशल उद्धार गरिएको छ । घरमा राती २ जनामात्रै रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै आज विहान अन्दाजि ३ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटामा पहिरोको कारण ३ वर्षिय अनमोल सुुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्माले जानकारी दिए ।

३१ वर्षिय हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको कच्ची घर अविरल बर्षाको कारणले हरी सुनारको श्रीमती २७ वर्षिय रितु सुनार घाईते भएकी छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको र अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

हरी सुनार र छोरी ९ वर्षिय अञ्जली सुनारको सकुसल उद्दार गरिएको हो । घर पूर्ण रूपमा क्षती भएको प्रहरीले बताएको छ । यस्तै पोखरा १४ चाउथेमा पृथ्वीराजमार्र्गको सडक भासिएको छ भने पोखराका विभिन्न ठाउँहरु डुुबानमा परेका छन् । पोखरा महानगरपालिका वडा नं. ७ गैरीखेत, वडा नं. ३३ बागमारा लगायतको केहि ठाउँ डुुबानमा परेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->