बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मादी गाउँपालिकाको प्रवक्तामा भोजबहादुर

मादी गाउँपालिकाको प्रवक्तामा भोजबहादुर


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार

पोखरा / मादी गाउँपालिकाले निर्वाचन भएको दुई वर्षपछि प्रवक्ता तोकेको छ । पालिकाको १५ गाउँसभाबाट प्रवक्ता तोकिएको हो । मादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोजबहादुर गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिए ।

अबदेखि मादी गाउँपालिकाका गतिबिधिबारे गुरुङ्बाट जानकारी पाईने छ । गुरुङ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

गाउँपालिकाबाट पोखरा बसाईं सराईं गरेका स्थानीय बासिन्दाको सहजताको लागि उनले पोखरामा बसेर घुम्ती सेवा पनि सञ्चालन गरिरहेका छन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले प्रस्तुत गरेका थिए । साथै आगामि बर्षका लागि ६९ करोड बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले गाउँ सभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ६९ करोड १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

उपाध्यक्ष गुरुङले पूर्वाधार क्षेत्रको दिगो विकास, पर्यटन प्रबर्धन तथा वातावरण संरक्षण र खोज र अनुसन्धानमा जोडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । चालुतर्फ ४१ करोड २ लाख ५५ हजार र पूजीगततर्फ २७ करोड ९९ लाख २ हजार ५ सय रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->