बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

असार १५ मा रोपाइँ महोत्सव

असार १५ मा रोपाइँ महोत्सव


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार

पोखरा/ पोखरा सबै मौसमका लागि भन्ने मुल नारासाथ असार १५ मा हुदै आएको रोपाइँ महोत्सव यसपटक पोखरा– २३ मार्गीस्थित फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्ले गर्दै आएको महोत्सवको यो १९ औ संस्करण हो ।

असारे रोपाँई महोत्सव २०६१ सालमा सुरुगरी पोखराको पर्यटनमा तत्कालीन समयमा हुने अफ सिजनमा पर्यटकहरुलाई आकषित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण कार्यक्रम साबित भएको दावी आयोजकले गरेको छ । कार्यक्रमको आयोजक पोखरा पर्यटन परिषद् तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वडा नम्बर २३ मार्गी.बगर टोल विकास संस्था रहेका छन। कार्यक्रमको प्रवद्र्धकका रूपमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका रहेका छन् ।

पोखराको बढ्दो शहरीकरण र स्थानियको वदलिदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा स्थापित भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । पर्यटन व्यवसायीहरुले पोखराको पर्यटनलाई जीवन्त राख्न सञ्चालन गरेका यस्ता मेला महोत्सव बाट आन्त्तरीक एवं वाह्य पर्यटनलाई वढवा दिनका साथै पोखरा नेपालकौ पर्यटनको केन्द्रको रुपमा सुसुप्त रुपमा विकास भई संघिय नेपालको तिनै तहको सरकार, व्यवसायी र नागरीक समाजको उल्लासमय सहभागीतामा नेपालकै पर्यटनको राजधानीको रुपमा घोषणा भएको छ ।

परिषद्ले पोखरा वरिपरि भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशा प्रति उत्प्रेरित गर्नका साथै असार १५का दिन ‘हिलोमा एक पटक त टेक्नु पर्छ है’ भन्ने भनाइलाई समेत जीवन्त तुल्याउने अभिप्रायले रोपाइँ महोत्सव मनाउँदै आएको छ । साथै सरकारले समेत विगतका केही वर्ष देखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइरहेको अवस्थामा पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको आवश्यकता र औचित्य थप बढ्दै गएको परिषद्ले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि पोखरा पर्यटन परिषद र पर्यटनसँग सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहितको १५ उपसमिति सहितको ४५ सदस्यीय मूल आयोजक समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । महोत्सवमा साउने प्रतियोगिता (हल गोरु दौड), विभिन्न आमा समुहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा दौड नेपाली पुरुष र महिला तथा विदेशी पर्यटक (महिला र पुरुष) बीच र पत्रकारबीच पनि हिलोमा दौडने प्रतियोगिता हुने छ । यसैगरी नेपाली पुरुष र महिलाबीच एवं विदेशी पर्यटकबीच खुल्ला रुपमा रस्साकसी प्रतियोगिता, हिलोमा भलिवल प्रतियोगिता पनि हुनेछ । बिजयी टीमलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी समीक्षा अधिकारी, प्रजापति पराजुली, निर्जला गुरुङ र बालकाशी गुरुङको सांगतिक प्रस्तुती पनि रहने परिषद्का महासचिव सन्जयकान्त सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->