बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवातालमा डुबेर बागलुङका मगरको मृत्यु

फेवातालमा डुबेर बागलुङका मगरको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार

पोखरा/ फेवातालमा डुबेर बाग्लुङ घर भई हाल पोखरा–१८ खपौदी बस्ने ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ५ बजेको समयमा पोखरा–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा उनी डुबेका थिए ।

उनी डुबेको सूचना स्थानीयबाट पाएपछि तत्काल वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको र ५ बजेर २१ मिनेटको समयमा उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाईएकोमा सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । मगरको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोली खटिएको कालिका गणका गणपति एसपि अरुण कुमार शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->