बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘सिपलाई व्यवहारमा उतार्न अपरिहार्य’

‘सिपलाई व्यवहारमा उतार्न अपरिहार्य’


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

पोखरा / पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले आर्जित ज्ञान र सिपलाई व्यवहारमा उतार्नु पर्ने बताएकी छन । शुभकामना आमा समुहको आयोजना एवम् सारथी केन्द्र पोखराको सहकार्यमा आयोजित मलमलको वुटिक जुत्ता बनाउने सिपमूलक तालिमको समापनमा बोल्दै उनले महिलाहरु उद्यमशिल बन्नुपर्ने बताइन ।

संवैधानिक हकअधिकारको उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताउँदै उनले महिलाहरु आर्थिकसंग जोडिएर सामाजिक सेवामा लाग्नु पर्ने आवश्यकता औल्याइन । महिलाहरु उत्पादनसंग जोडिनु पर्ने अपरिहार्य भएको उल्लेख गर्दै उनले प्राप्त ज्ञानसिपलाई व्यवसायमा परिणत गर्न सकेमात्र तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरिन । म्यूजियममार्ग टोलसुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरि बास्तोलाले टोल छिमेकको विकास निर्माणमा सवैको साथ र सहयोग हुनु पर्ने बताए । कंक्रिट वस्ति विकाससंगै खालि जग्गाको अभावको कारण स्थानीयस्तरमा आयमूलक तालिम सञ्चालनमा असहज बन्दै गएको उनको भनाई थियो ।

१६ जनाको सहभागिता रहेको तालिममा ५० जोर जुत्ता निर्माण गरिएको कोषाध्यक्ष गंगा कुँवरले बताइन । उनका अनुसार तालिममा कूल ८२ हजार २ सय ६० रुपैया खर्च भएको छ । समुहका अध्यक्ष कोकिला श्रेष्ठ उदासको अध्यक्षतामा भएको कार्यक्रमा पूर्वअध्यक्ष पार्वती खड्का, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, समुहका उपाध्यक्ष अन्जु गुरुङ, प्रशिक्षकद्वय शान्ति श्रेष्ठ र शुशिला श्रेष्ठ, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, तालिमका सहभागि निर्मला क्षेत्री, समुहका सहसचिव सिर्जना खनाल लगायतले तालिमको महत्व माथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->