पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई) –२०८० मा नेसनल इन्भेन्टिभ स्कुलका विशाल खत्रीले चार जिपिए ल्याएका छन् । पोखरा ६ लेकसाइडमा रहेको विद्यालयबाट एसईईमा ४० जना विद्यार्थी सहभागि भएका थिए । स्कूलका सहप्राचार्य विक्रम पौडेलका अनुसार ४० जनानै उतीर्ण भएका छन्। ४ जिपिए ल्याउने खत्री सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको उनले बताए ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । तीमध्ये नेपालभरबाट १८६ जनाले ४ जीपीए ल्याएका हुन् ।





