पोखरा/ पोखरा महानगरपालिका– ८ जनप्रिय मावि पछाडिको प्रतिभा मार्गस्थित सोही मार्ग निर्माणका लागि पार्किङ गरी राखेको एक रोलर मेसिनमा गए मध्यरातमा आगजनी भएको छ । आगजनीको कारण खुलेको छैन ।
कास्की प्रहरीका अनुसार राति अन्दाजी १२ बजेर ४० मिनेटको समयमा सिम्रन कन्स्ट्रक्सन प्रालि महतगौंडाको जेसिवी रोलर मेसिनमा आगो लागेको हो । आगजनीको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिइ गई स्थानीय व्यक्ति, नेपाल प्रहरी र दमकलको सहयोगमा राती साढे १ बजेतिर आगो नियन्त्रणमा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । आगोलागीबाट रोलरको फलामको भाग बाहेक पूर्ण रुपमा क्षती भएको र घटनाको कारण नखुलेकोले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।





