पोखरा/ सर्बोच्च अदालतको आदेशपछि गण्डकी प्रदेश सभाका सांसद फडिन्द्र देवकोटा शुक्रवार प्रदेश सभा बैठकमा सहभागी भएका छन ।
देवकोटाले माओवादी केन्द्रको व्हीप उलंघन गरी मुख्यमन्त्री सुरेन्द्रराज पान्डेलाइ बिश्वासको मत दिएपछी उनलाइ सांसद पदबाट मुक्त गरिएको थियो । त्यसपछी देवकोटा सर्बोच्च पुगेका थिय । सर्बोच्चले असार ९ मा देवकोटालाइ पूर्ववत अवस्थामा काम गर्न दिनु भन्दै आदेश दिएको थियो । बिहीवार पनि देवकोटा प्रदेश सभा बैठकमा सहभागी हुन आएका बेला उनलाइ प्रबेशमा रोक लगाइएको थियो ।
सभामुख कृष्णप्रसाद धितालले सर्बाेच्चकाे अन्तरीम आदेशको जानकारी आफुलाई भएको भन्दै सदनलाई जनाएका छन ।





