बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लागूऔषधसहित बागलुङका नेपाली पक्राउ

लागूऔषधसहित बागलुङका नेपाली पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८१, शुक्रबार

पोखरा/  प्रहरीले लागुऔषधसहित बागलुङका २२ वर्षीय बिष्णु नेपालीलाई बिहीबार पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३२ मझुवास्थित पृथ्वी राजमार्ग सडक खण्डमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यलय कास्की र लागू औषध नियन्त्रण ब्यूरो, पोखराबाट खटिएको टोलीले काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको माईक्रो बसलाई चेकजाँच उनको साथमा लागुऔषध भेटिएको कास्की प्रहरीले जनाएको छ ।

माईक्रोबसमा सवार बाग्लुङको बागलुङ नगरपालिका वडा नम्बर ६ सुत्लेखुर्केका नेपालीले भिरेको झोलाभित्र लुकाई छिपाई ल्याएको लागू औषध ट्रामाडोल २७५ ट्याब्लेट फेला परेको र उनलाई लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->