बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्थानिय उत्पादनलाई प्राथमिकता

स्थानिय उत्पादनलाई प्राथमिकता


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८१, शुक्रबार

पोखरा/स्थानिय स्रोत साधनको प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रवार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । रेडियो जननीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८ र पद्मावती हस्तकला उद्योगको सहयोगमा आयोजित रोजगारमुलक सीपको आवश्यकता तथा बजार सम्बन्धी अन्तरक्रियाका वक्ताहरुले उद्यमशिलताको लागि स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले खेर गैरहेको सामाग्री प्रयोग गरेर पनि उद्यमी बन्न सकिने बताए । उनले वडावासीमा उद्यमी बन्नको लागि कस्तो सीप आवश्यक छ अथवा कस्तो तालिमको माग हुन्छ, त्यस किसिमको तालिमको आयोजना वडाले गर्ने प्रतिवद्धता जनाए । उद्यमशिलताको विकासको लागि वडा कार्यालय स्थानिय संघसंस्थासँग हातेमालो गरेर जान तयार रहेको उनले उल्लेख गरे ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनोहरी कडरियाले आफूले निर्माण गरेको सामाग्री आफैले पहिले प्रयोग गर्ने बानीको विकास गर्नसके स्थानिय उत्पादित वस्तुको उपयोगीता बढ्ने बताए । त्यसले गर्दा बजार व्यवस्थापनमा टेवा पुग्ने उनको भनाई छ ।

पद्मावती हस्तकला उद्योगका प्रोपाइटर तथा रेडियो जननीका अध्यक्ष हीरा भट्टराईले स्थानिय स्रोतसाधन र खेर गएको सामाग्रीको उपयोग गरेर दैनिक जीवनमा आवश्यक वस्तुहरु निर्माण गर्न सकिने जानकारी दिइन । उक्त निर्माण गरेको सामाग्री बिक्री गरेर आर्थिक उपार्जन गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य तर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटन तथा घरेलु कार्यालयका प्रमुख महराज ढकाल, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले लगायतले उद्यमशिलताको विषयमा बोलेका थिए । सो अवसरमा विभिन्न उद्यमशिलतासँग सम्बन्धित संघसंस्थासँग आवद्ध व्यक्ति, आमा समुह, महिला समुह, टोल विकास संस्थाका प्रतिनिधि, वडा नं. ८ का जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । सहभागीहरुले रोजगारमुलक उमशिलता कसरी गर्ने, उत्पादित वस्तुहरुको बजार व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए । रेडियो जननीका अध्यक्ष हिरा भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ८ का वडा सचिव सविता ढुङ्गानाले स्वागत र रेडियोका समाचार वाचक उमा आलेमगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->