बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमालेमाथि गिद्धेदृष्टि लगाउने आफै सकिन्छन्ः अधिकारी

एमालेमाथि गिद्धेदृष्टि लगाउने आफै सकिन्छन्ः अधिकारी


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८१, शनिबार

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताएका छन । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’ विषयक प्रशिक्षणमा बोल्दै उनले जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन नसक्ने दावी गरे ।

‘एमाले सिध्याउने कोसिस गर्नेहरु आफै चकनाचुर हुन्छन्, जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन सक्दैनन्’ उनले भने । यथास्थितिको विरोधी र परिवर्तनका वाहक हुने भएकोले युवालाई देश परिवर्तनमा लगाउनुपर्नेमा उनको जोड थियो । कांग्रेसले चुनावमा धाँधली गर्ने गरेकोले तिनीहरुबाट जनमत जोगाउने उद्धेश्यले २०४७ साल जेठ १ गते प्रजातान्त्रिक युवा संघ गठन गरिएको अधिकारीको भनाई थियो ।

पछिल्लो समय केही जनसंगठनले पार्टीको निर्देशनको पालना नगर्ने गरेको भन्दै त्यस्तो छुट जनसंगठनलाई नहुने उनले प्रष्ट पारे । ‘अहिले पार्टी एउटा कुरा भन्छ, पार्टीका जनसंगठनहरु अर्को कुरा भन्न मिल्दैन, अर्को ढंगले चल्न मिल्दैन, ती पार्टीका पखेटाहरु हुन्, त्यसैले पखेटाले धेरै जोरी खोज्नुहुन्न, नीति पार्टीको लिने, साँगठनीक स्वायत्तता र धेरैंलाई गोलबन्द बनाउने काममा अगाडि बढ्नुपर्छ’ उनले भने । युवा संघ पार्टीको समस्या नभएर समाधान भएको उनले बताए । मदन भण्डारीले प्रतिपादन गरेको विचारको सबैभन्दा योग्य अनुयायी वर्तमान अध्यक्ष केपी शर्मा ओली भएको कारण पटक–पटक उहाँमाथि प्रहार हुने गरेको अधिकारीले बताए । ‘जननेता मदन भण्डारीको विचारलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको केपी ओलीले हो, त्यसकारण खोजी–खोजी आक्रमण भइरहेको छ, विभिन्न बहानामा’ उनले दावी गरे ।

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, युवा संघ नेपाल केन्द्रीय सदस्य बबिता सुवेदी, कास्की सचिव उमेश गुरुङ लगायतले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेका बिचारको बारेमा आफ्नो भनाई राखेका थिए । यसैबीच राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले असार १८ गते मंगलबार बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गर्ने भएको छ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको उपस्थितिमा पोखरा महानगरपालिका वडा नं.२६ मा हुने वृक्षरोपण कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढाइएको कास्की अध्यक्ष शंकर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->