पोखरा/सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन । आइतबार बिहान साढे १० बजे उनले सपथ लिनेछन ।
यसअघि जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वसाको मत दिएपछि त्यसको भोलिपल्ट देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । नेसपाको सांसद भएतापनि उनको संसदीय दल चाहिँ माओवादी केन्द्र (हँसिया हथौबाट चुनाव लडेका कारण) ले विश्वासको मत दिएका कारण उनलाई कारवाही ग¥यो । अन्ततः मन्त्री बनेको ३ दिनमै जेठ ३२ गते उनको सांसद पद गुम्यो ।
देवकोटाको पद गइसकेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद हेरफेर गरेका थिए ।
असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको थियो । त्यसयता उनको मन्त्रालय मुख्यमन्त्री आफैले सम्हालेका छन ।
माओवादीको कारवाहीपश्चात देवकोटा सर्वोच्च पुगे । सर्वोच्च अदालतले असार १० गते उनको सांसद पदरिक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालय दिएका हुन ।





