बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सरकारको उत्पत्ति अदालतबाट– अधिकारी

सरकारको उत्पत्ति अदालतबाट– अधिकारी

युवराज हुँदा महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर माओत्से तुङलाई चिठी पठाएको अधिकारीको दावी, आफुसंग उक्त चिठी रहेको जिकीर


  • लालप्रसाद शर्मा
  • असार १७ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभा र प्रदेश सभाले सरकारको उत्पत्ति गर्नुपर्नेमा अहिले अदालतबाट हुने गरेको बताएका छन । प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर उनले अदालतको फैसलालाई कटाक्ष गर्न आफु नउभिएको भने पनि अदालतका निर्णयप्रति असन्तुुष्टि व्यक्त गरे ।

‘हाम्रो लोकतन्त्रमा मुलतः प्रतिनिधि सभा र प्रदेश सभा सरकार निर्माण र समाप्त गर्ने थलो हुन । तर केही समययता हाम्रो सरकारको उत्पत्ति अदालतबाट हुने गरेको छ’ उनले भने, ‘प्रतिनिधिसभाले अदालतकै कारण काम गर्न पाएन । गण्डकी प्रदेशमा पनि बर्तमान सरकार अदालतको परमादेशबाट आएको हो । त्यसकारण अदालतले संसदीय लोकतन्त्रलाई बलियो गर्योकी गरेन म अहिले समीक्षा गर्न उभिएको छैन । हामी सांसद सरकार बनाउन सक्षम छौ । यतिमात्र भन्न खोजेको हुँ ।’ उनले अदालतका कतिपय निर्णयप्रति कटाक्ष गर्न आफु रोष्टमा नउभिएको बताए ।

अदालतका हरेक फैसला एमालेले पालना गर्दै आएको उनले बताए । अहिले मात्र नभई २०५१ देखिनै अदालतका फैसला फरकफरक छन । तिनको निरुपण अन्तरीम संविधान र अहिलको संविधानमा गरेनछौ । अदालतलाई ब्याख्या गर्ने अधिकार दियौ तर व्याख्याको दायरा कति बनायौ बनाएनौ भन्ने उनले प्रश्न गरे । कानुन निर्माण अदालतका आदेशबाट, नजिरबाट पनि हुन्छ । सरकारका नियमावलीबाट पनि कानुन निर्माण भइरहेका हुन्छन । स्थानीय तह पनि सरकारै हो । प्रदेश त सरकार र संसद हुदै हो । त्यसकारण कार्यकारी अधिकार लिएका न्यायिक, अर्धन्यायिक क्षेत्रले गरेका फैसला पनि कानुनकै तहमा बुझिने भन्दै उनले अदालतका फैसलालाई कानुन सरह मानेकाले धेरै कुरा भन्न नचाहेको उनले बताए । तर कानुनको मुल कानुन संविधान रहेको र संविधानमा गरेको व्यवस्था अनुसार संसद कानुन निर्माणको महत्वपूर्ण र मुख्य थलो भएको उनले उल्लेख गरे ।

आइतबार संसद दिवसको बिषयबाट उनले अदालतको फैसलासम्मको चर्चा गरेका हुन । महत्वपूर्ण गौरव गाथा, वीर योद्धा र अग्रणीहरुको लामो संघर्षपछि संसद दिवस मनाउने दिन उपस्थित गराएकोमा उच्च सम्मान गर्दै दिवसको उपलक्ष्यमा बधाई र सांसदलाई शुभकामना उनले दिए । हाम्रो संसदीय अभ्यास वेष्ट मिनिस्टिर मोडेलको रहेको र हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, समानुपातिकता र धर्म निरेपक्षको आधारमा संसदीय व्यवस्था रहेको र यो मौलिकता रहेको उनले बताए । संसद बेलायत र अमेरिकामा पनि छ । भारत र चीनमा पनि छ । ती देशमा आफ्नै प्रकारका शासन प्रणाली रहेको र हाम्रो शासन प्रणाली अपनाउँदा मौलिक हक, नागरिक स्वतन्त्रता, मानव अधिकार, सार्वभौमसत्ता जनतामा निहीत र सरकारको उत्पत्ति संसदबाट हुने र सरकारको समाप्ति पनि त्यहीबाट हुने गरेको उनले बताए । ‘हाम्रो व्यवस्था धेरै हदसम्म बेलायत र भारतसंग मिल्छ । फेरी हाम्रोमा देशको कार्यकारी प्रमुख र राष्ट्र प्रमुखको निर्वाचन पनि संसदबाटै हुन्छ । यो केही अन्य देशमा भएजस्तो होइन । अमेरिकामा राष्ट्रपति आम जनताले निर्वाचित गर्छन । भारतको राष्ट्रपति निर्वाचन हाम्रोसंग मिल्छ । फ्रान्सको कार्यकारी अधिकारसहितको राष्ट्रपति र प्रधानमन्त्रीबी बेलाबेलामा अधिकारको क्षेत्रमा विवाद उठिरहन्छ ।’ संसद दिवस गौरवसाथ मनाउनु पर्नेमा प्रदेशसभामा त्यो प्रचलनको अनुभव गर्न नपाएको उनले बताए ।

युवराज हुँदा महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर माओत्से तुङलाई चिठी पठाएको अधिकारीको दावी
आफुसंग उक्त चिठी रहेको जिकीर

यसैबीच अधिकारीले तत्कालीन युवराज महेन्द्रले ुराजा त्रिभुवनलाई मार्छुु भनेर माओत्सेतुङलाई पठाएको चिठी आफूसँग रहेको दाबी गरेका छन् । ‘मैले आज भन्नैपर्छ, मसँग त्यो तथ्य र प्रमाण छ । मेरै प्रदेशका एकजना दूतलाई महेन्द्रले भूमिगत बाटो ९तिब्बतको बाटो० हुँदै माओत्सेतुङसम्म पठाएर म त्रिभुवनको हत्या गर्छु, मलाई सपोर्ट गर्नुपर्‍यो भनेको चिठी म सँग छ,’ उनले भने ।

उनले राजाहरू इमानदार हुने भ्रम नपाल्न पनि आग्रह गरे । ‘राजाहरू इमानदार हुन्छन् भन्ने भ्रम कहीँ कतै छ भने धेरै सोचेर भन्न म निवेदन गर्न चाहन्छु । कसैको आस्था उहाँहरूको निजी कुरा हो । सबै राजा इमानदार छन् भन्ने हुँदैन । गणतन्त्र संविधानसभाबाटै गराउँछु भन्ने राजा त्रिभुवन पनि इमानदार हुन सकेनन्,’ अधिकारीले भने । राजतन्त्र निर्मम भएकै कारण अहिले गणतन्त्रात्मक शासन व्यवस्था आएको उनको भनाइ छ ।

‘राजतन्त्र यतिसम्म पनि निर्मम हुन्छ । कहिलेकाहीँ भन्ने गर्छौं, म राजतन्त्रको पक्ष–विपक्षमा उभिएको होइन । तर, निरंकुश राजतन्त्रको तुलनामा संवैधानिक राजतन्त्र अलि सापेक्षतामा ठिक हुन्छ भनेका हौँ हामीले । त्यसले पनि नसकेपछि गणतन्त्रको व्यवस्था हामीले मिलेर गरेका हौँ,’ उनले भने । अधिकारीले बाढीपहिरो लगायत विपद्बाट पीडितलाई सरकारको उपस्थिति देखाउन आग्रह गरे । साथै संसदमा उठेका विषय र जिज्ञासाको जवाफ दिन पनि प्रदेश सरकारसमक्ष अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->