बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संसदमा उठेका सवालको जवाफ दिन सरकारको ध्यानाकर्षण

संसदमा उठेका सवालको जवाफ दिन सरकारको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८१, आइतबार

पोखरा/गण्डकी सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन । सम्बन्धित मन्त्रीले प्रदेश सभाको आगामी बैठकमा जवाफ दिन आईतबार उनले भनेका हुन ।

एमालेका सांसद कृष्णप्रसाद पाठकले विशेष समय लिएर प्रदेश सभा नियमावलीको नियम १४ को उपनियम २ अनुसार प्रदेश सभामा आकस्मिक, शुन्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भए पनि जवाफ नदिएको भन्दै जवाफ दिएर मात्र सभा अघि बढोस् भनेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन । पाठकले नियम आफुहरुले बनाएकाले उलंघन गर्न पाइन्छकी पाइदैन भन्दै सरकारले जवाफ किन नदिएको भनि प्रश्न गरे । यसअघि सरकारलाई जवाफ दिनका लागि रुलिङको माग गरे पनि जवाफ नपाइएको उनको भनाई थियो ।

यसैगरी प्रदेश सभामा शुन्य समयमा भाग लिदै सांसदहरुले समसामयिक विषयका सरकारको ध्यानाकर्षण गराए । माओवादीकी कुसुम बुढा पुनले शुक्रबारको बाढीले बागलुङको गलकोट– ८ काँडेबास बिसौनीमा दम्पत्तीको मृत्यु भएको बताइन । साथै गलकोटको गल्याङदेखि मनेवासम्मको मध्यपहाडी लोकमार्ग क्षतविक्षत बनाएको र यसले बिरामीलगायत सर्वसाधारण मारमा परेको उल्लेख गरिन । उक्त लोकमार्गको मर्मत छिटो गर्नुपर्ने माग गरिन । एमालेका भीमबहादुर कार्कीले वर्षा लागेसंगै बाढीपहिरोले जनधनको क्षति भएको उल्लेख गरे । उनले पोखराका विभिन्न स्थानमा पहिरो र डुवानको समस्या रहेको भन्दै निर्माण सामाग्री अभावले भ्वाङ टाल्न समस्या भएकाले प्रदेश र वडाले समाधानमा लाग्नुपर्ने बताए ।

कांग्रेसका भोजराज अर्याललले एसईई परीक्षामा धेरै विद्यार्थी फेल भएको प्रसंग निकाल्दै संघीय सरकारले भर्खर पूर्वाधार बिकास गर्न थालेका स्थानीय तहलाई शिक्षा क्षेत्र जिम्मा दिएर आफु कानमा तेल हालेर बसेको बताए । शिक्षा क्षेत्र र विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै उनले प्रदेश सरकार मुकदर्शक भएर नबसी घट्दो शैक्षिक गुणस्तरलाई लिएर फैलिएको अन्यौललाई चिर्न सातै प्रदेशको सम्मेलन गरेर हाम्रो पक्षमा पनि सरकार बोल्ने रहेछ भनेर महशुष गर्ने वातावरण बनाउन माग गरे ।

कांग्रेसकी सरस्वती गुरुङले सुस्त श्रवण भएकालाई संससदको गतिविधि सुनाउन सांकेतिक भाषाको व्यवस्था गर्न माग गरिन । एमालेकी सीताकुमारी सुन्दासले प्रदेश सरकारको सम्पत्ति प्रदेश संग्रहालयको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि विशेष ध्यानाकर्षण गराइन । संग्रहालय प्रदेशको आम्दानीको स्रोत र पोखराको सुन्दरतासंग गासिएको उनले बताईन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->