बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अब अनलाइन ट्राभल एजेन्सी अवधारणा

अब अनलाइन ट्राभल एजेन्सी अवधारणा


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८१, आइतबार

पोखरा/ नेपालमा सेभेनस्टार इन्टरनेशनल ट्राभल एन्ड टुर्सले ओटीए अर्थात अनलाईन ट्राभल एजेन्सी संचालनमा ल्याएको छ । यो अनलाइन टिकेटिङ एजेन्सीको अवधारणा हो । विश्वको जुनसुकै स्थानमा रहे पनि आन्तरिक र वाह्य हवाई टिकट डिजिटल प्लेटफर्मका माध्यमबाट काट्न सकिने सेभेनस्टारले जनाएको छ ।

सेभेनस्टारले लामो शोध र अनुसन्धानपछि इसेभेनस्टार डटकम नामक ओटीए सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । एक दशक लामो अनुभवलाई प्रयोग गरी हवाई टिकेटिङ सेवामा अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरिएको उसले भनेको छ । कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले यसको माध्यमबाट विश्वभरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामाझ पहुँच विस्तार गरिएको बताए ।

अनलाइनबाट काटिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटबाट सोझै तिर्न सकिने गरी प्रणाली विकास गरिएको उनले जानकारी दिए । कम्पनीले यही असार १३ गते कर्पोरेट कार्यालय बागबजार काठमाडौंमा अनलाइन ट्राभल एजेन्सीको सुभारम्भ गरेको हो । ‘विश्व डिजिटलाईजेशनतर्फ अगाडि बढिरहदा अवको भविष्य र व्यावसायिकतासमेत यसैसंग जोडिने प्रष्ट देखिएकाले ओटीए संचालनमा ल्याएका हौ’ विज्ञप्तिमा छ, ‘ग्राहकलाइ २४ सै घन्टा सेवा प्रदान गर्न सक्षम छौ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।’ स्थापनाको एक दशक पुरा गर्दैगर्दा हरेक वर्ष बायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुदै आएको टुर्सले हालै क्याथे प्यासिफिक एअरवेज, श्रीलंकन एअरलाइन्स, मलेशिया एअरलाइन्स तथा थाई एअरवेजबाट उत्कृष्ट ट्राभल एजेन्सी अवार्ड हात पार्न सफल भएको छ । सेभेनस्टारले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->