बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पौडेलद्वारा युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भन्ने पत्र सार्वजनिक गर्न माग

पौडेलद्वारा युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भन्ने पत्र सार्वजनिक गर्न माग


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८१, सोमबार

पाेखरा/ राप्रपा सांसद बिन्दु पौडेलले तत्कालिन युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर चीनका नेता माओत्सेतुङलाई पठाएको चिठी सार्वजनिक गर्न एमाले नेता खगराज अधिकारी समक्ष माग गरेकी छन । प्रदेश सभाको सोमबारको बैठकमा उनले जनता, मिडीया र आफ्नो दलले पत्रको खोजी गरेकाले उक्त पत्र सार्वजनिक गर्न माग गरेकी हुन ।

‘आइतबारको प्रदेश सभा बैठकमा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले राजा महाराजाहरुका ईतिहासको बिषयमा राम्रैसंग हामीलाई पढाउनु भयो । राजा मान्ने पार्टीहरु र राजा बोक्नेहरुलाई सजग हुनुस भनेर पनि उपदेश राम्रैसंग दिनु भयो’ पौडेलले भनिन, ‘छोराले बाउलाई मार्न पठाएको पत्र मसंग सुरक्षित छ भन्नुभयो । यसमा म र मेरोदलको ध्यााकर्षण भएको छ । उक्त पत्र यही सदनमा सार्वजनिक गर्नुपर्छ ।’ उनले पत्र सार्वजनिक नभए अधिकारीले बोलेको कुरा हटाउनु पर्ने जिकिर गरिन । यस बिषयमा सभामुखमर्फत प्रदेश सरकारको ध्यानाकर्षण पनि उनले गराइन ।

आइतबार अधिकारीले तत्कालिन युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छुु भनेर माओत्सेतुङलाई पठाएको चिठी आफूसँग रहेको दाबी गरेका थिए । ‘मैले आज भन्नैपर्छ, मसँग त्यो तथ्य र प्रमाण छ । मेरै प्रदेशका एकजना दूतलाई महेन्द्रले भूमिगत बाटो ९तिब्बतको बाटो० हुँदै माओत्सेतुङसम्म पठाएर म त्रिभुवनको हत्या गर्छु, मलाई सपोर्ट गर्नुपर्‍यो भनेको चिठी म सँग छ,’ उनले भनेका थिए । साथै राजाहरु इमान्दार हुने भ्रम नपाल्न पनि आग्रह गरेका थिए । राजतन्त्र निर्मम भएकै कारण अहिले गणतन्त्रात्मक शासन व्यवस्था आएको उनको भनाइ थियो ।

पौडेलले वर्तमानको सदुपयोग गर्दा इतिहासलाई मेट्न नहुने भन्दै ईतिहास पढ्नुपर्छ भन्ने बुझेको बताईन । ‘हामी २०६२ ०६३ को आन्दोलनले अवस्था र व्यवस्था परिवर्तन गरेर ल्यायौ भन्नेले ईतिहास रच्नलाई राम्रो काम गरेमा जनताले हेर्ने उनको भनाई थियो । ‘जनता भगवानरुपी जनार्दन राम हुन । उनीहरुले पनि यो कुरा बुझ्न चाहन्छन । हामी जस्ता राजाबादीले पनि उक्त पत्र यही सदनमा सार्वजनिक गर्नुपर्ने मेरो माग छ’ उनले भनिन, ‘किनकी हामी नेता हौ । नेताले बोल्दा चिप्लिन भएन । यो अधिराज्यब्यापी जाने कुरा हो । यसैले हिजोदेखि सबैको ध्यान, मिडीयाको ध्यान संघमा पनि बहसको विषय बनेको छ । यो कुरा अव पत्र सार्वजनिक हुनुप¥यो । नभए उहाँले बोलेको कुरा हटाउनु पर्छ ।’
आज ईतिहास रच्न सिकाउने नेताले राष्ट्रवादी नेता मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना हुँदा त्यही पार्टीको मान्छे राष्ट्रपति हुदा किन छानविन भएर सार्वजनिक हुन सकेन भन्ने उनको प्रश्न थियो । हामी कसैलाई जिस्काउदैनौं । सबैलाई सम्मान गर्छौ । उहाँ (अधिकारी) हाम्रो अग्रज हो । उहाँप्रति सद्भाव छ तर उहाँको बोलिप्रति छैन भन्दै उनले इतिहासमा राम्रो काम गर्नेको नाम लिनुपर्ने बताइन । ‘हाम्रो मुख्यमन्त्री अभिभावक हुन । अभिभावकले यस्तो कुरा रोष्टमबाट भन्दा हामी के सोच्छौ । त्यो पत्र त चाहियो । मिडियाले पनि मागेको छ, मेरो दलले पनि पत्रको खोजी गर भनेकाले यो कुरा यहाँ राखेको हुँ ।’ उनी बजेटमाथिको छलफलका लागि रोष्टमा पुगे पनि विषयबस्तु भन्दा बाहिर गएर बोलेको भन्दै सभामुख कृष्णप्रसाद धितालले विषयबस्तुमा बोल्न भनेपछि उनी रोकिएकी थिइन ।

उनले बोलेलगत्तै एमालेका प्रमुख सचेतक गोबिन्द नेपालीले पौडेलको भनाईप्रति ध्यानाकर्षण भएको जनाए । उनले प्रदेश सभा नियमावली २०८० को नियम २० को उपनियम ग को उलंघन भएको हो र भनि प्रश्न गरे । उक्त नियममा संविधानले बहसमा बन्देज गरेको विषयमा छलफल गर्न नहुने उल्लेख छ । साथै नेपालीले संविधानको धारा १८७ को उपधारा १ प्रति पनि ध्यानाकर्षण भएको जनाए । प्रदेश सभाको विशेष अधिकार रहेको उक्त धाराको उपधारा १ मा संविधानको अधिनमा रही प्रदेशसभामा पूर्ण वाक् स्वतन्त्रता रहने उल्लेख छ । साथै सोही धाराको उपधारा ७ र ८ प्रति पनि नेपालीले ध्यानाकर्षण गराए । उपधारा ७ मा विशेषाधिकारको हननलाई प्रदेशसभाको अवहेलना मानिने छ र कुनै विशेषाधिकारको हनन् भएको छ छैन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई मात्र हुनेछ भन्ने रहेको र उपधारा ८ मा कसैले प्रदेशसभाको अवहेलना गरेमा त्यस्तो सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेश सभाको निर्णयबाट त्यस्तो व्यक्तिलाई सचेत गराउन, नसिहत दिन वा ३ महिनामा नबढ्ने गरी कैद गर्ने वा १० हजार सम्म जरीवाना गर्न सक्नेछ र त्यस्तो जरीवाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ भन्ने उल्लेख छ । नेपालीको भनाई पछि सभामुख कृष्णप्रसाद धितालले विषयप्रति ध्यानाकर्षण भएको भन्दै पछि छलफल गर्ने जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->