बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसईईमा नवलपुर एकेडेमी डण्डा जिल्लामा उत्कृष्ठ

एसईईमा नवलपुर एकेडेमी डण्डा जिल्लामा उत्कृष्ठ


  • सागर पोख्रेल
  • असार १८ २०८१, सोमबार

नवलपुर / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० कोे नतिजामा जिल्लाको कावासोती-१६ मा रहेको नवलपुर एकेडेमीले उत्कृष्ठ नतिजा प्राप्त गरेको छ । सो विद्यालयले नलपुर जिल्लामा ५१ जना विद्यार्थीलाई उतिर्ण गराई प्रथम भएको दावी गरेको छ ।

नवलपुर एकेडमीबाट एसईई परिक्षामा सहभागी ५५ जना परीक्षार्थीहरु मध्ये करीव ३३ प्रतिशत अर्थात १८ जनाले जि. पि. ए. ३.६ भन्दा माथि, १९ जनाले जी. पि. ए. ३.२ भन्दा माथि, १३ जनाले जी. पि. ए. २.८ भन्दा माथि, १ जनाले जी. पि. ए. २.४ भन्दा माथि (२.७९) गरी ५१ जना उत्तीण भई नवलपुर जिल्लामा जिल्ला प्रथम भएको विधालयको दावी छ ।

नवलपुर एकेडेमीमा यस बर्ष ९३% बिध्यार्थीहरू उत्कृष्ट जि. पि. ए. सहित उत्तीर्ण हुन सफल भएकोले जिल्ला प्रथम भएको नवलपुर एकेडेमीका प्रिन्सीपल हरीहर अधिकारीले बताए ।

राष्ट्रिय स्तरमा परीक्षाको ग्रेड मापन गर्न ५० विद्याथी परिक्षामा सहभागी भएको हुनु पर्ने र सोही आधारमा राष्ट्रिय स्तरमा विद्यालयलाई सम्मान गरीने र जिल्लाले पनि शैक्षिक संस्थाको मापन गरीने भएको र उक्त मापदण्ड अनुसार कुल ५५ विद्याथी सहभागी भएकोमा ५१ विद्यार्थी उत्तीण हुन सफल भएकाले नवलपुर एकेडेमी जिल्ला प्रथम भएको प्रिन्सीपल अधिकारीको भनाई रहेको छ ।

प्रिन्सिपल अधिकारीले विद्यालयलाई जिल्ला प्रथम बनाउन सहयोग गर्नुहुने अध्ययनशिल विद्याथी, जिम्मेवार अभिभावक, कर्तव्यनिष्ट शिक्षक, कर्मचारी र कुशल व्यवस्थापन गर्नुहुने बिद्यालय ब्यवस्थापक तथा संचालक समितिलाई विद्यालयले धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->