लेखनाथ/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले पोखरा३२ मा रहेको राधाकृष्ण गुरुकुल विद्याश्रमका विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ ।
हिसान कास्की अध्यक्ष दिवाकर जैशीले आश्रमका पीठाधीश मुकुन्दशरण उपाध्यायलाई सहयोग हस्तान्तरण गरे ।
अध्यक्ष जैशीले केन्द्रको संस्थाको ३० औ वार्षिकोत्सवमा अर्काे शैक्षिक संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । हाल गुरुकुलमा २९ छात्र छन् ।





